२०७८ जेष्ठ ४ गते मङ्गलवार

दाङमा साइकलबाट लडेर दुई जना घाइते



३ फागुन,तुलसीपुर ।
दाङमा साइकलबाट लडेर दुई जना घाइते भएका छन् । आज दिउँसो एक बजेतिर दंगीशरण गाउँपालिका वडा नं.५ पौटलीदेखि बाघर तर्फ आउदै गरेको दुई जना साइकलमा सवार साइकलयात्री घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ ।
दंगीशरण गाउँपालिका वडा नं.५ निवासी १२ वर्षिय एकराज चौधरी र सोही ठाउँ निवासी ११ वर्षिय अमृत चौधरी घाइते भएका छन् । घाइते दुवै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ ।
बाघरको ओरालोमा साइकलको ब्रेक नलाग्दा लडेर उनीहरुलाई अनुहारमा र टाउकोमा चोट लागि घाइते भएको अस्पतालले जनाएको छ । एकराज चौधरीको अवस्था भने गम्भिर रहेको अस्पतालले बताएको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस्