२०७८ मङ्सिर १५ गते बुधवार

प्रधानमन्त्री ओलीले आज सरकारका तीन वर्षे उपलब्धि सुनाउने



३ फागुन,दाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सरकारको तीन वर्षे उपलब्धि सुनाउनु हुने छ । आफ्नो नेतृत्वमा रहेको सरकारले गरेका मुख्यमुख्य कामका उपलब्धि सुनाउन लाग्नु भएको हो ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार आज सोमबार बिहान ११ बजे प्रधानमन्त्री ओलीले मुख्य उपलब्धिहरूबारे जानकारी दिनु हुने छ ।

सिंहदरबारस्थित पुनर्निर्माण गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय उद्घाटन कार्यक्रममा ओलीले तीन वर्षमा भएका कामबारे प्रेस विफ्रिङ गर्न लाग्नुभएको हो ।

ओली २०७४ साल फागुन ३ गते दोस्रो पटक प्रधानमन्त्री हुनुभएको थियो ।

विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत रहेको देशको प्रमुख प्रशासनिक स्थल सिंहदरबारको पुनःनिर्माण हालै सकिएको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस्