२०७८ बैशाख ६ गते सोमवार

नेकपा क्रान्तिकारी माओवादी दाङले मनायो जनयुद्ध दिवस



१ फागुन,घोराही ।
नेपाल कम्यूष्टि पार्टी क्रान्तिकारी माओवादी दाङले आज घोराहीमा एक कार्यक्रम गरी २६ औँ जनयुद्ध दिवस मनाएको छ । नेकपा क्रान्तिकारी माओवादी दाङका सचिब नरेन्द्र बन्जाडेको अध्यक्षता तथा नेकपा क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य तथा दाङका इन्चार्ज समिर केसीको प्रमुख आतिथ्यतामा जनयुद्ध दिवस मनाएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी समिरले जनयुद्धबाट आएको लोकतन्त्रको महसुश वर्तमान समयमा जनताले गर्न नपाएको भन्दै राजनितिक क्रान्ति पुरा नभएको बताउनुभयो । संसदीय व्यवस्थाबाट जनताको न्याय र अधिकार स्थापित नहुने भन्दै यो व्यवस्थाकै खारेज हुनुपर्ने उहाँको भनाई छ ।

यस्तै देशभक्त जनगणतन्त्रिक मोर्चाका केन्द्रीय सचिवालय सदस्य हिरामणी दुखीले अहिलेको नेतृत्वले सैद्धान्तिक नभई पद र स्वार्थको लडाई लडिरहेको भन्दै जनताको हितका लागी आवश्यक परेमा आफूहरु फेरी युद्धमा होमिनु पर्ने अबस्था आउन सक्ने चेतावनी दिनुभयो ।

कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले पछिल्लो समय भैरहेका शक्ति प्रर्दशन जनतामुखी नभएको भन्दै आफूहरु जनताको पक्षमा रहेको बताएका छन् ।

प्रकाशित मिति : २०७७ फाल्गुन १ गते शनिवार
प्रतिक्रिया दिनुहोस्