२०७९ जेष्ठ ३ गते मङ्गलवार

लुम्बिनीका जनता कसको पक्षमा छन् भन्ने कुरा देखाइदियौँ : पोखरेल



१ फागुन,दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लुम्बिनी प्रदेशका जनता आफ्नो पक्षमा रहेको बताएका छन् । शनिबार बुटवलमा आयोजित आमसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले लुम्बिनी प्रदेशका जनता कसको पक्षमा छन् भन्ने कुरा आफूहरुले देखाइदिएको दावी गरेका हुन् ।

‘केहीदिन पहिले बुटवल बजारमा कोणसभा आयोजना गरेर सम्माननीय प्रधानमन्त्रीलाई ललकार्ने काम भयो’, उनले भने, ‘लुम्बिनी प्रदेशका जनाका कसका पक्षमा छन भन्ने कुरा देखाउन आवश्यक थियो, आज ती साथीहरुले देख्ने मौका पाएका छन्।’

उनले विकास, समृद्धि, राष्ट्रिय स्वाधीनताको नेतृत्व प्रधानमन्त्री ओलीले गरेको र लुम्बिनीका जनता ओलीको पक्षमा रहेको भन्दै विशाल उपस्थितिका लागि लुम्बिनीका जनतालाई धन्यावाद समेत दिए।

प्रकाशित मिति : २०७७ फाल्गुन १ गते शनिवार
प्रतिक्रिया दिनुहोस्