२०७८ असार १० गते बिहिवार

महेस आरोहीको शब्द, संगीतमा रहेको “गोलि लाग्यो” गीत सार्वजनिक (भिडियो सहित)



१ फागुन । आज फागुन १ गते अर्थात २६ औं जनयुद्ध दिवस । यहि अवसर पारि महेस आरोहीले कौरा गीत गोलि लाग्यो सार्वजनिक गरेका छन । उक्त गीतमा राम कुमार नेपाली र निता पुनको स्वर रहेको छ । महेस आरोहीको शब्द, संगीतमा रहेको गीतले जनयुद्धकालीन समयलाई दर्साउन खोजीएको छ । सुदन थापाको निर्देशन तथा परिकल्पनामा रहेको गीतको भिडियो सन्देश शाहले सम्पादन गरेका हुन । उक्त गीतको भिडियो दाङ, रोल्पा र रुकुममा छायाङ्कन गरिएको छ । सो गीतको अभिनयमा ममता खड्का, अमरजीत पुन, प्रकाश पुन, निशा घर्ति,डम्बर बुढा , नवीन डिसी लगायतको अभिनय देख्न सकिन्छ । उक्त गीतको भिडियो विशाल रोकाले खिचेका थिए । मगरात युटुब च्यानलमा उक्त गीत सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन १ गते शनिवार
प्रतिक्रिया दिनुहोस्