२०७८ असोज ११ गते सोमवार

नागरिकको आशा…आशामै सिमित भैदियो….सेवा सुविधा कम राजश्व धेरै



फागुन १ । स्थानीय सरकार बनेसँग सँगै नागरिकहरुमा एक प्रकारको उत्सुकता, खुसीयाली छाएको थियो । विभिन्न कालखण्ड भोग्दै आएका नेपाली नागरिकहरु नेपालको संविधान २०७२ जारी भए यता खुसी भएका जनता जब संघ, प्रदेश र स्थानीय सरकार आयो तब सिंहदरबारको अधिकार पाउँछौ कि भन्ने आशा राखेका थिए । तर त्यो आशा आशामै सिमित रह्यो । कसैलाई लाग्ला विकास त भाएकै हो त भनेर तर यति विकास हुनु पनि एउटा नैतिकता नगुमोस भन्नको निम्ति भएको विकास हो । गाउँ गाउँमा सिंहदरबारको अधिकार भन्ने नारा लगाएर जनताको घरदैलोमा पुगेका राजनितिकर्मीहरुले आफु सत्तामा नपुगुन्जेल सोझा साझा जनताको घरमा गई भोट दिनुस भनि चिच्याउने गरे तर त्यसको नाममा दुःख मात्र दिए ।

साविकका गाउँ विकास समितिहरु कोही नगरमा त कोही गाउँपालिकामा गाभिए । स्थानीय सरकार आए पछि सुख, सेवा पाउने आशा बोकेका जनताले राजश्व धेरै तिर्ने बाहेक अरु केही पाउन सकेनन् । आफ्नो जग्गाको पोत तिर्नुप¥यो भने विगतमा तिर्नुपर्ने रकम भन्दा तेब्बर तिर्नुपर्ने हुन्छ । आफ्नो जग्गा जमिन बिक्रि गर्दा नामसारी लगायतका काम गर्दा मालपोतमा जाँउ त्यही त्यस्तै विचौलीया उनीहरुसँग सहकार्य नगरे त कामै नबन्ने परिस्थिति सिर्जना हुन्छ । त्यही माथि नेपालको भ्रष्टाचार प्रवृत्ति त झन तीब्र, वाक्क भइसके जनता । विशेष त अझ सरकारी कार्यालयहरुमा ।
सस्थागत होस या व्यक्तिगत जुनसुकै काम गर्न खोज्दा सहज रुपमा त हुने आशै छैन्, कुनै न कुनै बाहाना त बनाइहाल्छन । पछिल्लो समय देशभरी सबै राजनितिले तातिएको छ । चिया पिउँ भनेर चिया पसल तिर छि¥यो त्यहीँ राजनितिका गफ छाटेर बसेका देखिन्छन । एउटाले प्रतिनिधिसभा भङ्ग गर्छन दुःख पाउने सबै हामी जनता । यो अस्थिर राजनितिले देश डुबाउने काम बाहेक अरु केही गर्दैन । राजा आउ देश बचाउ भनेर आउनु कुनै नौलो कुरा हैन । वाक्क भए पछि यसै हुन्छ । आखिर कहिले सम्म चुप लागेर बस्ने ? यो प्रश्न गुम्सिएको छ् मनमा । अब यसरी उनीहरु गर्दै जान्छन हामी दुःख पाउदै जाने हो त्यसैले सबै युवायुवती देशप्रमीहरु सबै मिलेर आवाजविहिनको आवाजलाई बुलन्द पार्दै सभ्य नागरिक, सुन्दर समाज, सभ्य राष्ट्रको निर्माण गर्न अनुकुल बातावरण सिर्जना गर्न अगाडि बढौँ । जय देश जय नेपाल

प्रकाशित मिति : २०७७ फाल्गुन १ गते शनिवार
प्रतिक्रिया दिनुहोस्