२०७८ बैशाख २ गते बिहिवार

बुटवलमा सभा गर्दै नेकपा ओलीपक्ष, प्रधानमन्त्रीले सम्बोधन गर्ने



१ फागुन,दाङ । सत्तामा रहेको नेकपा (ओली समूह)ले निर्वाचनको स्वागतमा बुटवलमा जनसभा गर्दैछ।

लुम्बिनी प्रदेशस्तरीय सो सभामा २ लाख जनता सहभागी हुने नेकपा स्थायी कमिटी सदस्य तथा लुुम्बिनी प्रदेशका मुुख्यमन्त्री शंकर पोखरेलले जानकारी दिए।

सभामा सम्बोधन गर्न नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली, महासचिव तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट लगायत बुटवल आउँदैछन्।

बिहान ११ बजे बुटवलको सिद्धेश्वरी स्कुलको मैदानमा हुने सभाअगाडि बुटवल नगरमा याली निकाल्ने नेकपा लुम्बिनी प्रदेश संयोजक लिला गिरीले जानकारी दिए।

 

प्रकाशित मिति : २०७७ फाल्गुन १ गते शनिवार
प्रतिक्रिया दिनुहोस्