२०७८ असोज ११ गते सोमवार

घोराही खानेपानीको २१ औं साधारणसभा सम्पन्न



 

३० माघ,घोराही ।
घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्था घोराही दाङको २१ औं साधारणसभा आज सम्पन्न भएको छ । संस्थाका अध्यक्ष देविबहादुर डिसीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने विभिन्न क्षेत्रका व्यक्तिहरुले पानीको चिन्ता सबैमा जाग्नु पर्ने बेला आएको बताएका छन् ।

पानीको माग बढ्दै गएको तर यसको मुहान संरक्षण एवं बृक्षारोपणमा ध्यान जान नसकेको बताएका हुन् । सडक निर्माण, ढुंगाजन्य बस्तुहरुको निकासी, वन मास्ने, खोलाहरुबाट मनपरि नदिजन्य बस्तुहरुको निकासीले पानीको स्रोत सुक्दै गएको तर चिन्ता भने त्यस तर्फ नगएको उनिहरुको भनाई छ ।

बक्ताहरुले प¥र्याप्त मात्रामा पानीको स्रोत वृद्धि गर्न चुनढुङगा उत्खनन्लाई रोक्नु पर्नेमा जोड समेत दिएका छन् । कार्यक्रममा ढल व्यवस्थापन आयोजना नेपालगञ्जका प्रमुख मनिषकुमार राजले दाङमा अहिले पाँच वटा ठूला खानेपानी आयोजना सञ्चालनमा रहेको जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७७ माघ ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्