२०७८ जेष्ठ ४ गते मङ्गलवार

लुम्बिनी प्रदेशमा फागुन ३ गते सार्वजनिक विदा



३० माघ । लुम्बिनी प्रदेश सरकारले फागुन ३ गते सोमवार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश स्थापना दिवसको अवसरमा प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सुचना गरी फागुन ३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मन्त्रालयका शाखा अधिकृत देविराम पाठकद्धारा जारी सुचनामा प्रदेश सरकार (मन्त्रीपरिषद्) को माघ १० गतेको निर्णय अनुसार विदा गरिएको उल्लेख छ । त्यस्तै, प्रदेश सरकारले फागुन २, ३ र ४ गते विभिन्न कार्यक्रमहरु गर्ने जनाएको छ ।

प्रकाशित मिति : २०७७ माघ ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्