२०७८ जेष्ठ २ गते आइतवार

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको रासन भत्ता तत्काल बढाइन्छ – गृहमन्त्री थापा



२९ माघ । गृहमन्त्री रामबहादुर थापाले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको रासन भत्ता बढाइने बताएका छन् ।

रासन भत्ताको पुनरावलोकन सम्बन्धमा गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको नेतृत्वमा बनेको कार्यदलले तयार पारेको प्रतिवेदन ग्रहण गर्दै गृहमन्त्री थापाले सो कुरा बताएका हुन् ।

उनले मूल्यवृद्धिअनुरुप नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको रासन भत्ता तत्काल बढाईने र प्रक्रिया अगाडि बढाउने बताए ।

उनले आर्थिक वृद्धि र समृद्धिका लागि शान्तिसुरक्षा अनिवार्य शर्त रहेको र शान्तिसुरक्षा कायम गर्न महत्वपूर्ण योगदान गर्ने सुरक्षाकर्मीको मनोबल बढाउन पनि भत्ता वृद्धि गरिने बताए ।

प्रकाशित मिति : २०७७ माघ २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्