२०७८ बैशाख २ गते बिहिवार

भारतमा एक व्यक्तिको शरीरमा भेटियो ‘ढुंगाको मुटु’



२९ माघ । ढुंगाको मुटु अब उखानटुक्कामा मात्र सीमित रहेन ।

भारतको गोवा मेडिकल कलेजमा एक व्यक्तिको मुटुका कोशिकाहरू दह्रो बनेको र त्यसले गर्दा मुटु ढुंगा बनेको पाइएको छ ।

ती मृत व्यक्तिको अटोप्सी गर्दा ढुंगाको मुटु भेटिएको हो ।

जुनियर रेजिडेन्ट तथा सेकेन्ड ईयर स्टुडेन्ट डक्टर भरत श्रीकुमारले गत जुलाई महिनामा गोवाको एक पार्कमा मृत भेटिएका व्यक्तिको अटोप्सी गरेका थिए ।
त्यसक्रममा मुटु चिर्न खोज्दा त्यो ढुंगा झैं साह्रो बनेको उनले पाए । देब्रेतिरको भेन्ट्रिकलमा विशाल एन्डोकार्डियल काल्सिफिकेसन देखिएको र त्यसले गर्दा रिस्ट्रिक्टिभ कार्डियोमायोप्याथी भएको उनले भेटे ।

‘मुटु ढुंगा जस्तै कडा भएको थियो । यस्तो दुर्लभ केसका बारेमा मैले सिनियर डक्टरहरूलाई बताउँदा उहाँहरूले हिस्टोप्याथोलोजिकल अध्ययन गर्न भन्नुभयो,’ श्रीकुमारले बताए ।

हिस्टोप्याथोलोजीमा रोगको लक्षण अध्ययन गर्नका लागि एक कोशिकाको सूक्ष्म परीक्षण गरिन्छ ।

परीक्षणमा ती व्यक्तिको मुटु काल्सिफिकेसनका कारण कडा बनेको उनले पाए । यही काल्सिफिकेसनले मिर्गौलामा पत्थरी पनि गराउँछ ।

प्रकाशित मिति : २०७७ माघ २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्