२०७८ जेष्ठ १ गते शनिवार

भागरथीको हत्यारा पत्ता लगाउन माग गर्दै घोराहीमा प्रदर्शन



२८ माघ,घोराही ।
बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएसंगै घटनाको निष्पक्ष छानबिन गरि दोषीलाई कारबाहीका लागि दबाब दिन आज घोराहीमा विद्यार्थीले प्रदर्शन गरेका छन । नेपाली विद्यार्थी संघ रझेना ईकाई समितिका विद्यार्थीले भागरथीप्रति श्रद्धान्जली र शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै पीडितका परिवारलाई उचित न्यायको माग गरेका हुन ।

भागरथीलाई न्याय दे, अपराधीलाई कार्वाही गर, अपराधीलाई सार्बजनिक गर्न नसक्ने सरकार राजिनामा दे, नलाएक गृह प्रशासन मुर्दाबाद लगाएतका नारा लेखिएका प्लेकार्ड सहित विद्यार्थीहरु प्रदर्शमा उत्रिएका थिए । आज घोराहीको वि.पी चोक दखि सुरु भएको ¥याली तुलसीपुरचोकमा पुगेर कोणसभामा परिणत भएको होे ।

प्रदर्शनको नेतृत्व विद्यार्थी लक्ष्मण महरा र विशाल बोहोराले गर्नुभएको थियो । बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ चडेपानीका १७ वर्षीया भागरथी भट्ट बिहीबार बेलुका घर नजिकैको जंगलमा मृत बलात्कार पछि हत्या गरिएको अवस्थामा भेटिएकी थिइन् ।

प्रकाशित मिति : २०७७ माघ २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस्