२०७८ मङ्सिर १६ गते बिहिवार

देश अकल्पनीय खतराको मुखमा पुग्यो : घनश्याम भुसाल



२७ माघ,काठमाडौँ । नेकपा दाहाल–नेपाल समूहका नेता घनश्याम भुसालले देश अकल्पनीय खतराको मुखमा पुगेको बताएका छन् । नेकपा जिल्ला कमिटी बागलुङमा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता भुसालले संसद् विघटनले मुलुकलाई अस्थिरतामा लगेको बताएका हुन् । ‍

पूर्वकृषिमन्त्रीसमेत रहेका नेता भुसालले जनताले धेरै दुःख गरेर निर्माण गरेको संविधान घायल भएको टिप्पणी गरे । उनले आफू कृषिमन्त्री हुँदा सकारात्मक काम गर्न थालेको तर पूरा गर्न नसकिएको बताए । भुसालले पार्टी एकता गर्दा गरेका सम्झौता तोडिएका कारण राजनीतिक अवस्था बिग्रदै गएको बताए ।

प्रकाशित मिति : २०७७ माघ २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्