२०७८ कार्तिक ९ गते मङ्गलवार

समयमै हिउँदे वर्षा नहुदा दाङका किसानहरु चिन्तित



२७ माघ, दाङ । दाङमा यस वर्ष समयमै हिउँदे वर्षा नहुदा किसानहरुको उत्पादनमा कमि आउने देखिएको छ । आकाशे पानीको भर पर्दै खेतीपाती गर्दै आएका किसानहरु यो वर्ष पानी नपर्दा मारमा परेका छन । खेतबारीमा छरेका गहुँ, जौँ लगायत तरकारी बालीमा विशेष असर पारेको किसानहरुको गुनासो रहेको छ ।

बारीमा गहँु छरे पछि पानी नपर्दा अहिले बारी बाँजै भएको घोराही उपमहानगरपालिका वडा नं १९ निवासी जगत घर्तिले बताउनुभयो । उहाँले भन्नुभयो “गत वर्षहरुमा ३ मुरी गहुँ जौँ हुने बारीमा अहिले खालि जमिन मात्र देखिने भएको बताउनुभयो । उहाँले आफ्नो बारीमा २ मुरी भन्दा बढि तोरी पनि उत्पादन गर्नुहुन्थ्यो तर अहिले तोरीको झिनो बोट मात्र भएको बताउनुभयो । उहाँले भन्नुभयो ‘पानी चाहार्ने जग्गा भएकाहरुले त पानी चाहार्दै केही हतसम्म फलाउने देखिएको छ तर हाम्रो तिर आकाशे पानीको भर पर्नुपर्ने भएकाले समयमै हिउँदे वर्षा नहुदा आफु चिन्तित बनेका छौं ’।

यो समस्यामा जगत मात्र हैन उहाँ एउटा उदाहरण पात्र मात्र हो । दाङमा धेरै जसो किसानहरु यस्तै हिउँदे वर्षा समयमै नहुदा आफ्नो बालीनालीहरु कुहिएर गएको बताउने गरेका छन । पानी नपर्दा गहुँ, जौँ , तोरी, चना, केराउ, मसुरो इत्यादि बालीनालीहरुमा असर परेको छ ।

प्रकाशित मिति : २०७७ माघ २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्