२०७८ बैशाख ९ गते बिहिवार

मदिरासँगै नसालु पदार्थ खुवाएर रातभर बलात्कार, किशोरी बेहोस



२७ माघ,काठमाडौं । नसालु पदार्थ खुवाएर बलात्कार गरिएका कारण बेहोस अवस्थामा बाटोमा भेटिएकी युवतीको कोसी अस्पताल विराटनगरमा उपचार भइरहेको छ । १७ वर्षीया ती किशोरीलाई शुक्रबार बेलुकी कोसी अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारमा संलग्न चिकित्सकले पनि मदिरासँगै नसालु पदार्थ खुवाएर लठ्याउँदै बलात्कार गरिएका कारण किशोरीको स्वास्थ्यमा समस्या आएको जानकारी प्रहरीलाई दिएका छन् । बलात्कारका कारण लागेको चोटसँगै किशोरीको अत्यधिक रक्तस्राव भएको पाइएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

गम्भीर अवस्थामा रहेकी किशोरी आइतबारबाट केही होसमा आएकी छन् । उनको स्वास्थ्य अवस्थामा क्रमिक सुधार हुँदै गइरहेको प्रहरीले जनाएको छ । ‘बलात्कारका कराण योनिमा चोट लाग्नुका साथै धेरै रक्तस्राव पनि भएको थियो । अहिले भने अवस्था सामान्य छ,’ एक चिकित्सकले भने ।

घटना बिहीबार रातिको हो । नसालु पदार्थ खुवाएर मोरङ कानेपोखरी–२ का २९ वर्षीय प्रेम चौधरीले १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको घटना बाहिरिए पनि प्रहरीले पीडकलाई उन्मुक्ति दिने हिसाबले काम गरेको स्थानीयको गुनासो छ ।, यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

प्रकाशित मिति : २०७७ माघ २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्