२०७८ साउन १२ गते मङ्गलवार

घोराही तर्फ आउदै गरेको मोटरसाईकलको ठक्करबाट एक बृद्धको मृत्यु



२६ माघ,घोराही
दाङमा मोटरसाईकलको ठक्करबाट एक बृद्धको मृत्यु भएको छ । तुलसीपुरबाट सोमबार साँझ घोराही तर्फ आउदै गरेको लु ५६ प ९७१७ नम्बरको मोटरसाईकलले हेमन्तपुर नजिकै चौखोलामा ठक्कर दिदा तुलसीपुर उपमहानगरपालिका वडा न.१९ निवासी ७६ बर्षीय डिलबहादुर बुढाथोकीको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाईते भएका वुढाथोकीको उपचारका लागि तुलसीपुर लैजादै गर्दा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७ माघ २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस्