२०७८ बैशाख २ गते बिहिवार

हिमपहिरोमा परी प्यूठानका एक युवक बेपत्ता



२६ माघ,प्यूठान । भारतको उत्तराखण्ड चमोली जिल्लाको केदारनाथमा आइतबार गएको हिमपहिरोमा परी एक प्यूठानी बेपत्ता भएका छन् भने ८ जना घाइते भएका छन् ।गौमुखी गाउँपालिका ३ रजवाराका २४ बर्षिय बिष्णुबहादुर मल्ल बेपत्ता रहेको खवर आएको वडाअध्यक्ष जंगबहादुर पुनले जानकारी दिएका छन् । मल्ल पछिल्लो केहि बर्ष देखि भारतमा मजदुरी गर्दै आएको पारिवारिक स्रोतले बताएको छ ।
मल्लको हिजो बिहानैबाट खोजी कार्य भईरहेको तर पत्ता लाग्न नसकेको खवर आएको अध्यक्ष पुनको भनाई रहेको छ । ८ घण्टा सम्म सुरुङमै थुनिएका रजवाराकै ८ जना मजदुरलाई भने उद्वार गरिएको खवर प्राप्त भएको स्थानिय इश्वरी बिकले जानकारी दिएका छन् । उनिहरु सामान्य घाइते रहेको बिकको भनाई रहेको छ ।
नाइट ड्युटी सकेर सुतेका मल्ल घर सँगै बगेका हुन । सेतोमसिबाट साभार

प्रकाशित मिति : २०७७ माघ २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस्