२०७८ कार्तिक १ गते सोमवार

भोली दाङ सहित राप्ती अञ्चलका शैक्षिक संस्था बन्द गर्न आग्रह



१५ माघ,घोराही ।
बिप्लब निकट अखिल (क्रान्तिकारी) द्धारा (भोलि) सोमबार राप्ती अन्चलभर शैक्षिक आमहड्ताल आह्वान गरिएको छ । संगठनका दाङ जिल्ला अध्यक्ष अनिल केसिले (आज)आइतबार एक बिज्ञप्ति जारी गर्दै पश्चिम रुकुमका अध्यक्ष पे्रमप्रशान्त बोहरा, कोषाध्यक्ष धन बहादुर ओलीलाई विना कारण पक्राउ गरेको भन्र्दै शैक्षिक हड्तालको घोषणा गरेको हो ।

गत माघ १९ गते गरिएको विरोध ¥यालीमा सहभागी उपाध्यक्ष सोम्पाल कामी र सह–सचिव प्रकाश वि.क लाई पक्राउ गरि हिरासतमा राखेको छ । रुकुम पश्चिम लगाएत राप्ती क्षेत्रमा प्रशासन द्धारा विद्यार्थीहरु माथी गरिएको दमनको विरोधका निम्ती शैक्षिक आमहड्तालको आयोजना गरिएको जनाएको छ । साथै विज्ञप्ती मार्फत शैक्षिक संस्था संचालन नगर्न आग्रह गरिएको छ ।

प्रकाशित मिति : २०७७ माघ २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस्