२०७८ जेष्ठ २ गते आइतवार

तुलसीपुरका तीन ठाउँमा डमी स्थापना



 

२५ माघ,घोराही ।
तुलसीपुरको विरेन्द्र चोक, बसपार्क पिपलवोट र बाहिनी चोकमा डमी स्थापना गरिएको छ । ट्राफिक पालनालाई प्रभाबकारी बनाउनकालागि डमी स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख थम्मन जीसीले जानकारी दिनुभयो ।

यस अघि घोराहीका बिभिन्न १० स्थानमा डमी स्थापना गरिएको थियो । ट्राफिक प्रहरीको अभावमा पनि डमीको सहायताले ट्राफिक नियम पालना गर्ने कार्यलाई प्रभाबकारी बनाउन सकिने उहाँको भनाई छ ।

त्यलुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख डम्बर बहादुर बिक, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले डमीको अनावरण गर्नुभएको थियो । यस अघि अव्यवस्थित रुपमा हुने पार्किङ व्यवस्थापन गर्ने अभियानका साथ पछिल्लो समय जिल्लामा ट्राफिक ब्यबस्थापनका लागि विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।

प्रकाशित मिति : २०७७ माघ २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस्