२०७८ बैशाख ६ गते सोमवार

कर्णालीमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु



२५ माघ,दाङ । कर्णालीमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ।

प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार सुर्खेतका ६१ वर्षीया महिलाको आइतबार बिहान मृत्यु भएको हो। स्वास्थ्य शिक्षा अधिकृत नवराव कंडेलले वीरेन्द्रनगर ६ का ६१ वर्षीया महिलाको उपचारको क्रममा प्रदेश अस्पतालमा मृत्यु भएको जानकारी दिए।

उनलाई माघ १५ गते कोरोना संक्रमण पुष्टि भएपछि आइसियूमा राखेर उपचार गरिएको थियो। मृत्तकलाई उच्च रक्तचाप, मधुमेह तथा मुटुसम्बन्धी रोग भएको र प्रोटोकल अनुसार उपचार गरिएको भए पनि स्वास्थ्यमा सुधार नभएपछि मृत्यु भएको कंडेलले बताए।

मृत्तकको शव जनस्वास्थ्य सेवा कार्यालय, सुर्खेत र नेपाली सेना समन्वयमा व्यवस्थापन गरिएको छ । कर्णाली प्रदेशमा अब कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३१ पुगेको छ।

प्रकाशित मिति : २०७७ माघ २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस्