२०७८ साउन १६ गते शनिवार

निजि क्षेत्र लगानी गर्न उत्सुक छ : ढकाल



 

 २४ माघ,घोराही।
नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष चन्द्र ढकालले निजि क्षेत्र लगानी गर्न उत्सुक रहेको बताउनुभएको छ । तुलसीपुर उद्योग बाणिज्य संघको आज भएको २६ औं साधारणलाई सम्बोधन गर्दै उहाँले राजनिति र सरकार स्थायीत्व सँगै भरपर्दो सुरक्षा भए हरेक क्षेत्रमा लगानी गर्न निजि क्षेत्र तयार रहेको बताउनुभएको हो ।

स्थानीय स्रोत साधनको व्यवस्थित उपयोग विना समृद्ध नेपालको परिकल्पना गर्न नसकिने भन्दै निजी क्षेत्र लगानी गर्न तयार रहेको उहाँको भनाई छ । तर व्यवसाय सञ्चालनमा सहजता हुने खालको सरकारी नितिको आवस्यकता भने अनिवार्य भएको उल्लेख गर्नुभयो ।

संघका अध्यक्ष विरबहादुर रावतको अध्यतामा भएको कार्यक्रममा बोल्दै विघटित प्रतिनिधीसभाका सदस्य हिराचन्द्र केसीले देशको चौतर्फि विकास निजि क्षेत्रको सहभागिता बिना हुन नसक्ने बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले आर्थिक विकास सगैं सामाजिक तथा भौतिक समृद्धिमा बाणिज्य संघको महत्वपुर्ण भुमिका रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा बोल्ने बक्ताहरुले निजि क्षेत्रले आर्थिक सामाजिक विकास सँगै उपभोक्ता अधिकारलाई समेत बिषेश ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

सो अवसरमा संघले निर्माण गरेको सभाहलको केन्द्रिय उपाध्यक्ष ढकालले उद्घाटन गर्नुभयो । साधारणसभा एवं अधिबेशनको उद्घाटन अबसरमा बिभिन्न क्षेत्रका व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरिएको छ ।

संघको आगामी फागुन १ गते नयाँ नेतृत्व चयनका लागि अधिबेशन हुदै छ । अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी नेकपाको तर्फबाट रामप्रसाद चालिसे र नेपाली कांग्रेसले टेकनप्रसाद बस्नेतलाई अध्यक्ष पदका लागि उमेद्वार बनाएको छ ।।

प्रकाशित मिति : २०७७ माघ २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस्