२०७८ कार्तिक ९ गते मङ्गलवार

रुकुम पश्चिममा चट्याङ्ग लागेर श्रीमानकाे मृत्यु, श्रीमती घाइते



२४ माघ,रुकुम पश्चिम । रुकुम पश्चिममा चट्याङ्ग लागेर एक जनाको ज्यान गएको छ । मुसीकोट नगरपालिका ६, गवारीका अन्दाजी ४२ वर्षीय भीमबहादुर बोहराको गएराति चट्याङ्ग लागेर ज्यान गएको हो ।

चट्याङ्ग लागेका बोहराको घरमै ज्यान गएको प्रहरीले जनाएको छ । बोहराको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले लगिएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक कपिल शाहीले बताउनुभयो ।

चट्याङ्ग लागेर बोहराकी ३५ वर्षीया श्रीमती सीता घाइते हुनभएको प्रहरी निरीक्षक शाहीले जानकारी दिनुभयो । घाइते सीताको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ । सीताको दायाँ खुट्टा, दायाँ हात तथा शरीरको दायाँतर्फको भागमा चोट लागेको छ ।

प्रकाशित मिति : २०७७ माघ २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस्