२०७८ जेष्ठ २ गते आइतवार

दाङबाट रोल्पा जाँदै गरेको स्कारपियो दुर्घटना,एक जनाको मृत्यु तीन घाइते



२३ माघ,घोराही ।
प्युठानमा स्मारपियो दुर्घटना हुदा एक जनाको मृत्य भएको छ अन्य तीन जना घाईते भएका छन । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख डिएसपी सुनिल मल्लले दुर्घटनामा परी अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका वडा नं. ८ का ४२ वर्षीय टंकबहादुर बुढाको घटनास्थलमै मृत्यु भएको बताए।

दुर्घटनामा परी चालक प्युठान जिल्लाको सरुमारानी गाउँपालिकाका दशरथ विश्वकर्मा गम्भीर घाइते भएका छन्।उनलाई थप उपचारको लागि बुटवल रिफर गरिएको डिएसपी मल्लले बताए।दुर्घटनाका अन्य थप ९ जना घाइतेहरूको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको डिएसपी मल्ले जानकारी दिए।

दाङको भालुबाङबाट रोल्पा जिल्लाको सुलिचौरतर्फ जाँदै गरेको रा १ ज ८०९ नम्बरको भाडाको स्कार्पियो बिहान साढे ९ बजेतिर प्युठान जिल्लाको सरुमारानी गाउँपालिका वडा नं. ६ मोतिपुरमा दुर्घटनमा परेको थियो। डिएसपी मल्लका अनुसार घाइते यात्रुहरूले गाडीको ब्रेक फेल भएर दुर्घटना भएको जानकारी दिए। स्कार्पियो सडकदेखि झन्डै ५० मिटर तल खसेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०७७ माघ २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्