२०७८ साउन १७ गते आइतवार

विश्व सिमसार दिवसका दिन जखेरा तालमा बृक्षारोपण र सरसफाई



२० माघ,लमही ।

पानी र सिमसार मानीस जिउने आधार भन्ने नारा सहित डिभिजन बन कार्यालय देउखुरीले आज सिमसार क्षेत्र लमही नगरपालिका ३ जखेरा ताल परिसरमा बिश्व सिमसार दिबस बृक्षारोपण र सरसफाई गरि मनाएको छ । डिभिजन बन कार्यालय देउखुरीका निमित्त प्रमुख प्रेमिलाल प्रसाद शाहको अध्यक्षता तथा लमही नगरपालिका वडा नम्बर ३का वडा अध्यक्ष बाबुराम चौधरीको प्रमुख आतिथ्यता एबम नेपाल पत्रकार महासघ दाङका उपाध्यक्ष लिला शाह र सामुदायिक बन उपभोक्ता महासघ देउखुरी क्षेत्रका क्षेत्रिय अध्यक्ष हरि भुसालको बिशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो ।

सो अबसरमा सिमसार क्षेत्र परिसर नजिकै बिभिन्न जातका बिरुवा लगाईनुका साथै सर सफाई पनि गरिएको थियो । सो अबसरमा बोलने बक्ताहरुले बन बन्यजन्तुको संरक्ष्ण जलचर प्राणि सहित समग्र प्राणिको जिबन रक्षाको लागी सिमरास क्षेत्रको संरक्ष्ण र बिकाश हुन आबश्यक रहेको कुरामा जोडि दिनुभएको थियो । सो अबसरमा लमही नगरपालिका वडा नम्बर ३का वडा अध्यक्ष बाबुराम चौधरीले सिमसारको उचित संरक्ष्ण र प्रर्बदन नहुदा भएका सिमसार हरु मासिने खतरा रहेकोले त्यसको संरक्ष्णमा ध्यान दिन आबश्यक रहेको बताउनुभयो । त्यसैगरि सामुदायिक बन उपभोक्ता महासघका क्षेत्रिय अध्यक्ष हरि भुसालले बन बन्य जन्तु सरक्षण र प्रर्बदनको लागी सिमसारको खाचो हुने भएकोले त्यसको संरक्ष्ण र बिकाशमा लाग्न जरुरी रहेको बताउनुभयो ।

त्यस्तै नेपाल पत्रकार महासघ दाङका उपाध्यक्ष लिला शाहले प्राकृतिक ताल पोखरीहरु प्रतिदिन मासिदै र नासिदै जादा जलिए जैबिक बिबिधताहरुको लोप हुने खतरा बढेकोले त्यसको संरक्ष्णमा सबैले ध्यान दिन आवश्यक रहेको बताउनुभयो । । कार्यक्रममा जखेराताल धार्मिक तथा र्पयटकिय बिकाश समितिका महासचिब लोकमणि मन्जाडे लगाएतले बोल्नुभएको थियो। कर्यक्रमको सचालन डिभिजन बन कार्यालय देउखुरीका सहायक बन अधिकृत राम गोपाल चौधरीले गर्नुभएको थियो । नेपालको कुल जमिनको ५ प्रतिशत क्षेत्र सिमसारले ओगटेको छ ।

प्रकाशित मिति : २०७७ माघ २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्