२०७८ मङ्सिर १५ गते बुधवार

चीनमा ३ हजार नक्कली कोरोनाखोप सहित ८० जना पक्राउ



एजेन्सी । चीनमा कोरोनाविरुद्ध नक्कली खोप बनाएको आरोपमा तीन सहरका ८० जनालाई गिरफ्तार गरिएको छ।

प्रहरीले जियाङ्सु, बेइजिङ र सानडोङबाट ३ हजार नक्कली खोप बरामद पनि गरेको छ।

न्युज एजेन्सी सिन्ह्वाका अनुसार प्रहरीले गत सेप्टेम्बरमा खोप भन्दै धेरै मूल्यमा पानी बेच्ने गिरोह पत्ता लगाएको थियो।

चीनमा सिनोभ्याक र सिनाफार्म कम्पनीले खोप लगाइरहेका छन्। दुवै कम्पनीले टर्कीसहित विभिन्न देशमा खोप निर्यात पनि गरिरहेका छन्।

प्रकाशित मिति : २०७७ माघ २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्