२०७८ साउन १३ गते बुधवार

नायिका सुष्मा कार्की माथि कुटपिट



२० माघ,काठमाडौं । आफुमाथि कुटपिट र अभद्र व्यवहार भएको भन्दै नायिका सुस्मा कार्की प्रहरीमा उजुरी दिन पुगेकी छन् ।

काठमाडौंको लण्डन पब क्याफेमा आफुमाथि कुटपिट र अभद्र व्यवहार भएको भन्दै मंगलबार महानगरीय प्रहरी परिसर काठमाडौं पुगेकी हुन् ।

परिसरका एसपी रमेश बस्नेतका अनुसार सुस्माले आफुलाई आरती खड्का र पत्रकार उत्सव रसाइलीले कुटपिट र गालीगलौज गरेको आरोप लगाएकी छिन् । आरती नायिका स्वेता खड्काकी बहिनी हुन् ।

विभिन्न गसिपका कारण सुस्मा बेला बेलामा विवादमा आइरहन्छिन् । सुस्मा केही समयअघि मात्रै नायिका पुजा शर्माको फ्यानहरुले आफुमाथि अभद्र व्यवहार गरेको भन्दै प्रहरीसमक्ष पुगेकी थिइन् ।

 

प्रकाशित मिति : २०७७ माघ २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्