२०७८ बैशाख ७ गते मङ्गलवार

एक दशक प्रदेशमा श्रम गरेका बुढाथोकी अहिले आफ्नै भैंसी फार्ममा रमाउँदै



२० माघ, घोराही । पछिल्लो समय दाङमा परम्परागत रुपमा गरिदै आएको कृषि तथा पशुपालन पेशालाई व्यवसायिक बनाउन थालिएको छ । बैदेशिक रोजगारबाट फर्किएकाहरुले अहिले गाउँमै व्यबसायिक पशुपालनबाट राम्रो आम्दानि गरिरहेका छन् । यसैको दरिलो उदाहरण बनेका छन् घोराही उपमहानगरपालिका वडा नम्बर ३ निवासि कुलराज बुढाथोकी । एक दशक लामो समय बैदेशिक रोजगारमा बिताएका वुढाथोकी अहिले बिगत ३ वर्ष यता व्यबसायिक रुपमा भैंसि पालन गरिरहेका छन् । उनि बैदेशिक रोजगारकालागि बिभिन्न देशमा पुगे तर सोचे जस्तो कतै भएन् ।

आफ्नो देशमा भन्दा धेरै दुःख बिदेशमा गर्नु पर्ने उनको अनुभवले बताउछ् । बैदेशिक रोजगारीकोलागि थुप्रै देश पुगेका बुढाथोकी अहिले आफ्नै गाउँमा बसेर मासिक करिव १ लाख ५० हजार सम्म कमाउछन् । उनको बिदेशमा भन्दा धेरै कमाई व्यबसायिक भैसिपालनबाट छ । बिगत ३ वर्ष अगाडिबाट व्यबसाहिक रुपमा भैसिपालन सुरु गरेका उनि अहिले सफल कृषकको रुपमा परिचत छन् । उनको बडिमालिका पसुपालन प्रा.लि मा अहिले करिब ५० वटा भैसिहरु छन् ।

बैदेशिक रोजगारमा चित्त नबुझेपछि बाउ वाजेले गर्दै आएको परम्परागत कृषि प्रणालिलाई व्यबसायिक बनाउदै भैसिपालन गरेका बुढाथोकी अहिले सन्तुष्ट छन् । करिव ४ बिगाहा जमिनमा घाँस र भैसिपालन गरिरहेका उनले दैनिक सय लिटर दुध बिक्रि गरिरहेका छन् । बजारमा उत्पादित दुधको माग अत्याधिक भएकाले व्यापारीहरु दुधलिन घरमै आउने गरेको बताउनुहुन्छ ।
बुढाथोकी आफ एक्लैले सन्चालन गरेकामो पसुपालनमा परिवारले पुर्ण रुपमा सहयोग रहेको छ । अहिले उनको पसुपालनमा ३ जनाले रोजगार पनि पाईरहेका छन् । उनको पसुपालनमा देखिएको सकृयताको सम्मान र हैसलाकोलागि प्रदेश सरकारले २० लाख अनुदान दिएको छ । प्रदेश सरकार, बैक तथा बित्तिय सस्था र मिडियाले पनि पछिल्लो समय चासो देखाई उनको घर सम्म पुग्दा केहि राम्रो काम गरेको महसुस गरेका छन् ।

बुढाथोकी भन्छन् नेपालको भुमिमा सुन फल्छ तर नेपालका युवाहरु बिदेस जानलाई लाईन लागि रहेका हुन्छन् । बिदेशमा गएर अरुको श्रम गर्नु भन्दा स्वदेशमा आफ्नै सानो लगानिमा केहि गर्नु रामो हुन्छ । त्यसैले बैदेशिक रोजगार भन्दा व्यबसाहिक कृषि पसुपालनमा जोड दिनुपर्दछ । निर्वाहमुखि खेति छोडेर कृषि व्यबसाहिक खेतिमा पनि स्थनिय महत्वपुर्ण भुमिका रहेको हुन्छ । बुढाथोकी जस्ता कृषिकलाई सरकारले आबस्यक प्राविधिक र आर्थिक सहयोग गर्ने हो भने व्याक्तिगत कमाई मात्र होईन स्थानिय सरकारको राजस्वमा पनि बृद्धि हुन्छ ।

प्रकाशित मिति : २०७७ माघ २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्