२०७८ मङ्सिर १६ गते बिहिवार

सालको काठ सहित टेक्टर नियन्त्रणमा



२० माघ, दङ । प्रहरीले गढवाबाट सालको काठ सहित टेक्टर नियन्त्रणमा लिएको छ । गढवा गाउँपालिका वडा नम्बर ५ कक्रहवामा गएराती करिब १२ बजे काठ सहित टेक्टरलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको ।

कोइलाबास देखि गढवा तर्फ आउदै गरेको रा १ त १३९५ नम्बरको टेक्टरमा सालको काठ ल्याउदै गरेको भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक राज कुमार भट्टको कमाण्डमा गएको प्रहरी टोलीले टेक्टरमा अबैध तरिकाले ल्याउदै गरेको सालको चिरान काठ ३३ थान घप्पु (३१.२ क्युफिट) टेक्टर र चालक गढवा गाँउपालिका वडा नम्बर ६ रामपुरका १८ बर्षीय ईमराहिम पठानलाई नियन्त्रणमा लिएको हो ।

प्रकाशित मिति : २०७७ माघ २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्