२०७८ साउन १६ गते शनिवार

रुखबाट खसेर एकको मृत्यु



२० माघ, दाङ । बाजुराको बुढीनन्दा नगरपालिका–४ मा सोमबार रुखबाट खसेर एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही नगरपालिका–४ का २० वर्षीय मनोज रोकाया रहेका छन्। गाउँ नजिकैको वनमा बाख्रा चराउन गएका बेला रुपमा चढेर घाँस काट्ने क्रममा रुखबाट मृत्यु भएको आफन्तले बताएका छन्। गाउँको कुरु ताल नजिकै रहेको रुखको घाँस काट्ने क्रममा रुखको हाँगा भाचिएर भुईमा खसेपछि घटनास्थलमा नै मृत्यु भएको हो।

मृतक बोहरा बाँकेको बागेश्वरी कलेजमा कक्षा १२ मा अध्ययन गर्दै आएका थिए। विदाको समयमा घर आएका रोकायाको रुखबाट खसेर मृत्यु भएको हो।

प्रकाशित मिति : २०७७ माघ २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्