२०७८ जेष्ठ ४ गते मङ्गलवार

नेकपा अध्यक्ष दाहालविरुद्धकाे अवहेलना मुद्दा आज सुनुवाइ हुँदै



२० माघ,काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको अदालतको अवहेलना मुद्दा आज ९मंगलबार० सुनुवाइ हुँदैछ। प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दालाई प्रचण्डले प्रभावित पार्न खोजेको भन्दै समीर हायुले रिट दायर गरेका हुन्।

नेपाल ल क्याम्पसमा अध्ययनरत हायूले निवेदन आइतबार अपहेलना मुद्दा दायर गरेका थिए।

प्रतिनिधि सभा विघटनसम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रचण्डले प्रभावित पार्न खोजेको, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको मान्यता र संवैधानिक एवं कानुनी व्यवस्था प्रतिकूल भएको दावी गर्दै उनले अदालतको अवहेलना मुद्दामा निवेदन दायर गरेका थिए।

प्रकाशित मिति : २०७७ माघ २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्