२०७८ असार ९ गते बुधवार

लेखक ज्ञवालीको ‘ यत्र तत्र सर्वत्र ’ कविता संग्रह विमोचन




१८ माघ,घोराही ।

साहित्यकार एवं लेखक लक्ष्मीनारायण शर्मा ज्ञवाली द्धारा लिखित कविता संग्रह ” यत्र तत्र सर्वत्र ” विमोचन गरिएको छ । कविताका लेखक ज्ञवालीको जन्मोत्सवको अवसर पारेर आईतबार उक्त संग्रहको विमोचन गरिएको हो । लेखक ज्ञवालीको अध्यक्षता एवं तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेको प्रमुख आतिथ्यतामा तुलसीपुर ६ राजापुरमा एक कार्यक्रमको आयोजना गरि कविताको विमोचन गरिएको स्वतन्त्र युवा क्लवका अध्यक्ष सन्दिप गौतमले जानकारी दिनुभयोे ।

कार्यक्रमका प्रमुख अतिथी तथा नगर प्रमुख पाण्डेबाट उक्त कविता संग्रह यत्र तत्र सर्वत्रको विमोचन गरिएको हो । नेपाल संस्कृत विद्यालयका पुर्व सह–प्रशासक नारायणकुमार आचार्य द्धारा मंगलचरणको पाठ शिर्षक कविता वाचन गरेर शुभारम्भ गरिएको हो । कार्यक्रममा दाङ साहित्य परिषदका सचिव शेषमनी रिजाल,साहारा वचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष बाशुदेव आचार्य,बृद्ध सेवा समाजका अध्यक्ष खुमानन्द अधिकारी, नेपाल रेडक्रस शोसाईटि दाङका अध्यक्ष नारायणकुमार आचार्य,तुलसीपुर ६ का वडाध्यक्ष नवराज लामीछानेले मन्तव्य राख्नुुभएको थियो ।दाङ साहित्य परिषदका अध्यक्ष डिल्लीराज गौतम (श्रीधर)ले कविताको समिक्षा गर्नुभएको थियो भने कार्यक्रमको सहजिकरण श्रीधर ज्ञवालीले गर्नुभएको थियो ।।

प्रकाशित मिति : २०७७ माघ १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस्