२०७८ साउन १८ गते सोमवार

दाङमा १४ सय २१ जनाले कोरोना बिरुद्धको खोप लगाए



१८ माघ,घोराही ।
दाङमा १४ सय बढीले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यालय दाङका अनुसार जिल्लाका तीन वटा अस्पतालबाट अहिले सम्म १४ सय २१ जनाले कोरोना भाइरस बिरुद्धको खोप लगाएका हुन् ।

घोराहीको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान, तुलसीपुरको प्रादेशिक अस्पताल र लमहीको लमही अस्पतालबाट कोरोना बिरुद्धको खोप लगाउने गरिएको छ ।

आज घोराहीमा एक सय ९ जना, तुलसीपुरबाट एक सय २० जना र लमहीबाट १ सय १४ जना गरि ३ सय ४३ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले जानकारी दिनुभएको छ ।

माघ १४ गते देखी राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही, प्रादेशिक अस्पताल तुलसीपुर र माघ १६ गते देखी लमही अस्पतालबाट खोप लगाउने काम सुरुभएको हो ।

पहिलो चरणमा स्वास्थ्यकर्मी, स्वास्थ्य कार्यालयका अन्य कर्मचारी, महिला स्वास्थ्य स्वंयसेविका, नगर तथा गाउँपालिकाका सफाईकर्मी, एम्बुलेन्स चालक, शब व्यवस्थानमा खटिएका सुरक्षाकर्मीलाई खोप लगाईएको शाहीले जानकारी दिनुभयो ।

अब बृद्धआश्रमका जेष्ठ नागरिक र उनिहरुको हेरचाहमा खटिनेलाई पनि खोप दिने तयारी भएको छ । दाङमा पहिलो चरणमा ६ हजार ५ सय ९३ डोज कोरोना बिरुद्धको खोप आएको थियो । करिब २८ सय व्यक्तिलाई दुई डोज पुग्ने गरी खोप ल्याईएको कार्यालय प्रमुख शाहीको भनाई छ ।।

प्रकाशित मिति : २०७७ माघ १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस्