२०७८ बैशाख ९ गते बिहिवार

भूमिहिनलाई लालपूर्जा दिन लगत संकलन इकाईको स्थापना



१६ माघ,घोराही।
घोराही उपमहानगरपालिकाले भूमिहिन सुकुम्बासीको समस्या समाधन गर्न लगत संकलन ईकाइ स्थापना गरेको छ ।

नगर प्रमुख नरुलाल चौधरी, उपप्रमुख सीता सिग्देल न्यौपाने, प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसीको उपस्थितीमा लुम्बिनी प्रदेश सभा सदस्य अमरबहादुर डाँगीले लगत संकलन इकाइको उद्घाटन गर्नुभएको हो ।

भुमी सम्बन्धी समस्या समाधान आयोगले भूमिहिन तथा सुकुम्बासीहरुका लागि जग्गा लालपूर्जा दिने भनि सुरु गरेको कार्यक्रम अन्तरगत घोराही उपमहानगरपालिकाले लगत संकलन इकाइको स्थापना गरेको हो ।

उपमहानगरपालिकाले भूमि सम्बन्धि समस्या समाधानका लागि गर्नुपर्ने पूर्ब तयारीको काम र लगत संकलन गर्न विभिन्न पदमा १४ जना कर्मचारी समेत भर्ना गर्ने तयारी गरेको नगर प्रमुख चौधरीले जानकारी दिनुभयो ।

केन्द्र सरकार र आयोगको निर्णय अनुसार भुमिहिन सुकुम्बासीलाई लालपूर्जा दिने काममा स्थानिय सरकारले आफ्नो कामलाई छिट्टै अघि बढाउने उहाँको भनाई छ ।।

प्रकाशित मिति : २०७७ माघ १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्