२०७८ बैशाख २ गते बिहिवार

रोल्पामा तेल बोक्ने ट्याङ्कर दुर्घटना हुदा चालकको मृत्यु सहचालक घाइते



 

 

१५ माघ,रोल्पा ।
रोल्पामा तेल बोक्ने ट्याङ्कर दुर्घटना हुर्दा चालक मृत्यु भएको छ। रोल्पा नगरपालिका वडा नं १ भदौरे मन्दिरको घुम्ति मोडमा ट्याङ्कर दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका चालक हरबजन सिंहलाई उपचारको लागि रोल्पा जिल्ला अस्पताल लैजादै गर्दा बाटोमै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक सन्तोष केसीले जानकारी दिएका छ्न । रुपैडियाका सहचालक १९ वर्षिय सुनिल शंकर सामान्य घाइते भएका छन् । उनको निधारमा चोट लागेको रोल्पा प्रहरी प्रवक्ता केसीले बताएका छ्न ।

नेपालगंज डिपो बाट रोल्पामा रहेको जलजला पेट्रोल पम्पको तेल बोकेर आएको ट्याङ्कर दुर्घटनामा परेको हो । दुर्घटना के कारणले भएको हो भन्ने बारेमा अहिले सम्म केही खुलेको छैन । ना ४ ख २२५७ नम्बरको ट्याङ्कर सडक देखि करिव ५० मिटर तल खसेको प्रहरीले बताएको छ । ट्याङ्कर दुर्घटना हुँदा ट्याङ्रमा रहेको २ हजार लिटर डिजेल र ९ हजार लिटर पेट्रोल नष्ट भएको प्रहरी प्रबक्ता केसी बताएका छ्न ।

प्रकाशित मिति : २०७७ माघ १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्