२०७८ मङ्सिर १५ गते बुधवार

घरमा अवैध सुन र १७ लाख बढी रकम राख्ने एक जना पक्राउ



१५ माघ, डोटी । जिल्ला प्रहरी कार्यालय डोटीले केआइसिंह गाउँपालिका–६ सलेनामा भारतबाट ल्याएको अवैध सुन र नगदसहित एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कान्तिराज जोशीकाअनुसार छोराले भारतबाट चोरी गरी ल्याएको सुन र नगद घरमा लुकाएर राख्ने काली भुललाई पक्राउ गरिएको हो ।
उनको घरमा खानतलासी गरी एक किलो १०० ग्राम सुन तथा १७ लाख रुपैयाँभन्दा बढी रकम बरामद गरिएको प्रहरीले जनाएको छ ।

 

भुललाई पनि पक्राउ गरेर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको प्रहरी निरीक्षक जोशीले बताउनुभयो । उहाँले भन्नुभयो,  सुन र रकम ल्याउने व्यक्ति फरार छन्, घरमा भएकी आमालाई अनुसन्धानका लागि ल्याएका छौँ, यसबारे विस्तृत अनुसन्धान सुरु भएको छ ।

सुन अन्य व्यक्तिले पनि बाँडेर लगेको भन्ने खबर पाएको र संलग्न अन्य व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७७ माघ १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्