२०७८ साउन १७ गते आइतवार

उपमेयर कप भलिबलको उपाधी पद्मोदयलाई



१३ माघ,घोराही ।
घोराही उपमहानगरपालिकाले आयोजना गरेको दोस्रो उपमेयर कप बिद्यालय स्तरिय छात्रा भलिबल प्रतियोगीताको उपाधि यसबर्ष पनि पद्मोदय पब्लिक नमुना माबि भरतपुरले जितेको छ । पद्मोदयले ज्ञानसिन्धु माविलाई २५–२३, २५–८ र २५–८ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । गत बर्ष पनि पद्मोदयले नै उपमेयर कप भलिबलको उपाधि जितेको थियो । यही माघ ४ गते उद्घाटन भई ६ गतेबाट सुरुभएको भलिबल प्रतियोगीताको मंगलबार फाईनल खेल भएको हो । प्रथम भएको पद्मोदयले नगद ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेता ज्ञानसिन्धु माबिले नगद २५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र पाउने भएका छन् । विजेता र उपविजेतालाई पर्सि नगरको स्थापना दिवसमा पुरस्कार तथा शिल्ड प्रदान गर्ने कार्यक्रम रहेको छ ।

प्रतियोगितामा नगर भित्रमा मावि स्तरका ७ वटा विद्यालयका छात्राहरु सहभागि भएका थिए । बिद्यालयस्तरबाटै छात्राहरुलाई भलिबलमा प्रोत्साहन गर्ने उदेश्यले गतबर्ष देखी भलिबल प्रतियोगीता आयोजना गरिएको उपप्रमुख सीता सिग्देल न्यौपानेले जानकारी दिनुभएको छ । यसैविच मंगलबार महिला जनप्रतिनिधी, राजनितिक पार्टी महिला प्रतिनिधी र महिला पत्रकारहरु बिच मैत्रीपूर्ण भलिबल प्रतियोगिता भएको छ । खेलमा जनप्रतिनिधी तथा राजनितिक दलका महिलाको समुहले जित हाँसिल गरेका छन् । २५— १२ र २५ — ७ को सोझो सेटमा महिलाहरु पत्रकारको समुह पराजित भएका हुन् । जनप्रतिनिधीहरुको तर्फबाट वडा सदस्य रेमन्ता पुन र पत्रकारहरुको तर्फबाट पत्रकार महासंघका उपाध्यक्ष लिला शाहको नेतृत्वमा खेल भएको हो । प्रतियोगितामा विजेता र उपविजेतालाई नगर प्रमुख नरुलाल चौधरी, उपप्रमुख सीता सिग्देल न्यौपाने र सामाजिक विकास समितिका संयोजक भरतमणि अर्यालले ट्रफि प्रदान गर्नुभएको छ ।

 

प्रकाशित मिति : २०७७ माघ १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्