२०७८ मङ्सिर १६ गते बिहिवार

मृतकका परिवारलाई आर्थिक सहयोग



१३ माघ, दाङ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन दाङले सवारी दुर्घटनामा परि ज्यान गुमाएका मृतकका परिवारलाई २१ हजार रुपैया आर्थिक सहयोग गरेको छ । संगठनका जिल्ला अध्यक्ष केशव बहादुर भण्डारी, केन्द्रिय सदस्य खगेन्द्र वलीले तुलसीपुर १६ का मृतककी धर्मपत्नी शान्ति चौधरीलाई २१ हजार रुपैया नगद हस्तान्तरण गरेका छन् ।

उनीहरुले मंगलवार एक कार्यक्रमका बिच उक्त रकम हस्तान्तरण गरेका छन् । कमिटिका साधारण सदस्य समेत रहेका चालक स्वर्गिय दुर्गा बहादुर चौधरीको सवारी दुर्घटनामा परि गत वर्ष मृत्यु भएको थियो । २०७६ असार १७ गते दाङबाट काठमाण्डौ जादै गरेको ना ६ ख ७९१० नम्वरको बस दाङको चोरखोलामा दुर्घटना हुदा गम्भिर घाईते भएका चौधरीको उपचारकै क्रममा मृत्यु भएको थियो ।
संगठनले कुनै सदस्यहरुको सवारी दुर्घटना परि मुत्यु भएमा २१ हजार रुपैया राहात दिदै आएको छ । यातायात मजदुरहरुको हक र हितको पक्षमा काम गदै आएको संगठनले समस्या परेका मजदुर तथा उनीहरुका घरपरिवारलाई सक्दो सहयोग गरी सान्त्वना दिने काम गरेको जिल्ला अध्यक्ष भण्डारीले बताएका छन् ।

प्रकाशित मिति : २०७७ माघ १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्