२०७८ असोज १ गते शुक्रवार

वामपन्थी नेता खम्बसिंह कुँवरको भरतपुर अस्पतालमा निधन



१३ माघ, चितवन। चितवनका पुराना वामपन्थी नेता खम्बसिंह कुँवर काजीको मंगलबार बिहान भरतपुर अस्पतालमा निधन भएको छ । लामो समयदेखि बिरामी रहेका कुँवरको ९५ वर्षको उमेरमा निधन भएको हो ।

लामो समयदेखि प्रोस्टेटको समस्या झेल्दै आएका कुँवरलाई एक हप्ताअघि भरतपुर अस्पतालमा भर्ना गरिएको थियो । उनलाई पछिल्लो समयमा निमोनियासमेत भएको थियो ।
२०११ सालदेखि कम्युनिष्ट पार्टीमा लागेका कुँवरले २०२२ सालदेखि आफ्नै नेतृत्वमा चितवनबाट प्रगतिशिल पार्टीको सुरुवात गरेका थिए । पछिल्लो समय उनी नेकपाको केन्द्रीय सल्लाहाकारसमेत थिए ।

कुँवरको शव भरतपुर–६ केशरबागमा रहेको निवासमा लगेपछि आजै अन्तिम श्रद्धाञ्जलीका लागि साविक माओवादी केन्द्रको पार्टी कार्यालय कृष्णपुरमा राखिने छ ।

कुँवरको अन्तिम संस्कारमा सहभागी हुन नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन आउने कार्यक्रम छ । प्रचण्डले उनलाई राजनीतिक गुरु मान्दै आएका छन् ।

प्रकाशित मिति : २०७७ माघ १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्