२०७८ बैशाख ५ गते आइतवार

कोभिडविरुद्धको खोप कसले लगाउन मिल्दैन ?



१३ माघ, दाङ । नेपालमा कोभिड–१९ विरुद्धको खोप अभियान बुधबार भोलि बाट शुरु हुँदैछ । खोप लगाउनेको नामावली सरकारले तयार पारिसकेको छ । नेपालमा कूल जनसंख्याको ७२ प्रतिशतलाई खोप दिने सरकारको योजना छ ।

१५ वर्ष मुनिका बालबालिकामा कोभिड १९ विरुद्धको खोप परीक्षण नभएकाले उनीहरुलाई खोप दिइने छैन । वरिष्ठ सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुनका अनुसार अस्थिर शारीरिक अवस्था भएका, मुटु रोगको औषधी प्रयोग गरिरहेका जटिल बिरामीले यो खोप लगाउन मिल्दैन । यस्तै अक्सिजन लिइरहेका बिरामीले पनि कोभिडविरुद्धको खोप लिन मिल्दैन ।

गर्भवती महिलालाई पनि कोभिड–१९ विरुद्धको खोप दिन नहुने वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा पीआर पन्तको भनाइ छ । गर्भवतीको शरीर र पेटमा भएको शिशुलाई समेत यो खोपले नकारात्मक असर गर्न सक्ने सम्भावना भएकाले उनीहरुलाई यो खोप दिन नहुने उनको तर्क छ ।

सरकारले पहिलो चरणमा खोप लगाउनको सूचीमा यदी कोही स्वास्थयकर्मी नै यस्ता खाले बिरामी, गर्भवती, स्तनपान गराइरहेका महिलाहरुलाई ‘वेटिङ लिस्ट’मा राखेको छ । खोप सचिवालय सदस्य डा श्यामराज उप्रेतीका अनुसार यस्ता व्यक्तिको नामावली खोप सूचीमा भए पनि उनीहरुलाई केही समय पर्खाइमा राखेर अवस्था सामान्य भएपछि खोप दिइने छ ।

प्रकाशित मिति : २०७७ माघ १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्