२०७८ कार्तिक १ गते सोमवार

आज भएको मेयर कप फुटबल खेलमा वडा नम्बर १३ विजयी



घोराही, १२ माघ।
घोराहीमा जारी चौथो मेयरकप रनिङ फुटबल खेलमा आज वडा नम्बर १३ का खेलाडी विजयी भएका छन् । नवलपुर मैदानमा भएको क्वाटरफाईनल खेलमा वडा नम्बर ४ लाई वडा नम्बर १३ ले शुन्यका बिरुद्ध ६ गोलले पराजित गरेको हो ।

विजयी वडा नम्बर १३ का विजेन्द्र घर्ती मगरले ३ , दिप्त झाँक्रि मगरले २ र मनोज रोका मगरले एक गोल गरे संगै वडा नम्बर १३ सेमिफाईनलमा पुगेको खेल व्यवस्थापक दिपक पुुनले जानकारी दिनुुभयो ।भोली सेमिफाईनलका लागि दुई खेल हुनेछन । भोली मध्यान्नमा वडा नम्बर १८ र १५ का खेलाडी विच खेल हुनेछ भने दोस्रो खेल वडा नम्बर १३ र २ बिच हुनेछ ।।

प्रकाशित मिति : २०७७ माघ १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस्