२०७८ भाद्र ३१ गते बिहिवार

दाङमा मापसे गरेर सवारी चलाउने साढे ४ सय सवारी चालकलाई कार्बाही



१२ माघ,दाङ
दाङमा नियम विपरित चल्ने सवारी साधनमाथि ट्राफिक प्रहरीले निगरानी बढाएको छ । सचेतना प्रदान गरेपनि नियम विपरित सवारी चलाउने क्रम नरोकिएपछि प्रहरीले चालकमाथि निगारानी बढाएको हो ।

दुर्घटना न्युनिकरणका लागि प्रहरीले दाङका विभिन्न स्थानमा छड्के जाँचको कामलाई कडाई गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख थम्मन जिसीले जानकारी दिनुभयो । प्रहरीले जाँचको क्रममा मापसे गरी सवारी चलाउने, क्षमताभन्दा बढी यात्रु बोक्ने, मोबाईलमा कुराकानी गर्र्दै सवारी चलाउने, सिट बेल्ट नबाँध्ने सवारी चालकलाई कार्बाही गरेको छ ।

चालुवर्षको ६ महिनाको अवधिमा ट्राफिक प्रहरीले मापसे गरी सवारी चलाउने ४ सय ५५ सवारी चालकलाई कार्बाही गरेको छ । दुर्घटनाको प्रमुख कारण मादक पदार्थ सेवन भएको र अहिले पनि दिउँसोका तुलनामा रातीको समयमा बढी मापसे गरेर चलाउने गरेको पाइएको प्रमुख जिसीले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार सिटबेल्ट नबाँधेर सवारी चलाउने १२६, मोबाइलमा कुराकानी गर्दै सवारी चलाउने २१२ क्षमताभन्दा बढी यात्रु तथा सामान बोक्ने ५ हजार २०२ सवारी कार्बाहीमा परेका छन् । दाङमा क्षमता भन्दा बढि यात्रु बोक्ने सवारी साधन धेरै देखिएको ट्राफिक प्रमुख जिसीले बताउनुभयो ।।

प्रकाशित मिति : २०७७ माघ १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस्