२०७८ भाद्र ३१ गते बिहिवार

घोराहीमा बीमा अभिकर्तालाई नेतृत्व अभिबृद्धि सम्वन्धि प्रशिक्षण



१२ माघ,घोराही ।
घोराहीमा बीमा अभिकर्तालाई नेतृत्व अभिबृद्धि सम्वन्धि प्रशिक्षण दिईएको छ । प्रभु लाईफ ईन्स्योरेन्स लिमिटेड दाङ शाखाको आयोजनामा प्रशिक्षण दिईएकोे हो । ईन्स्योरेन्स लिमिटेड दाङका शाखा प्रबन्धक विष्णु कुमारी पोख्रेलको अध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथी योगेन्द्र खतिवडाले प्रशिक्षण दिनुभएको थियो ।

प्रमुख प्रशिक्षक खतिवडाले जिवन बीमाको महत्व, विमाङ्क, उमेर, अवधी, सुविधा प्राप्त हुने अवस्था, छुट, ऐच्छिक सुविधा लगाएतको विषयमा जानकारी दिनुुभएको थियो । घोराहीको टि थ्री पार्टि प्यालेसमा भएको प्रशिक्षण कार्यक्रममा दाङ, सल्यान, रोल्पा, रुकुम लागाएतका एकसय जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा ईन्स्योरेन्सका लुुम्बिनी प्रदेश प्रमुख प्रशान्त सुवेदी, प्रभु लाईफ ईन्स्योरेन्स लिमिटेड सल्यानका शाखा प्रबन्धक मोहन बुढाथोकी, एजेन्सी मेनेजरहरु ताराबहादुर बस्नेत, खिमप्रसाद पुन, रुकुम प्रतिनिधी कृष्ण भुसाल लगाएतले शुुभकामना मन्तव्य राख्नुभएको थियो ।

संचारकर्मी एवम् अभिकर्ता पद्मप्रसाद शर्माको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण कृष्णप्रसाद आचार्यले गर्नुभएको थियो ।।

प्रकाशित मिति : २०७७ माघ १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस्