२०७८ साउन १६ गते शनिवार

प्युठानमा १०१ सदस्यीय कमिटी गठन



१२ माघ, प्युठान । नेपाल कम्युनिस्ट पार्टी नेकपालाई पुनः एकता गराउने भन्दै उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता राष्ट्रिय अभियान सञ्चालन गर्ने चर्चा चलिरहेका बेला प्युठानमा कमिटी नै गठन भएको छ ।

पार्टी एकताका लागि दबाव सिर्जना गर्न भन्दै १०१ सदस्यीय कमिटी गठन गरिएको हो ।
एकता पक्षधरका अगुवा कार्यकर्ताको भेलाले टिकाबहादुर गुरुङको संयोजकत्वमा कमिटी गठन गरेको सचिव इमानसिंह भारतीले बताए । भेलाले पार्टी विभाजनबाट रोक्न दबाव सिर्जना गर्ने निर्णय गरेको उनले बताए ।
भेलाले गरेका निर्णयहरु पार्टी केन्द्रीय कार्यालय र जिल्ला कार्यालयमा पठाइनेछ ।
‘दुवै पक्षका भेला सभाहरुमा नेताहरुको अभिव्यक्तिमा प्रयोग गरिने शब्दहरु पार्टी तथा आम कार्यकर्ताका मनोभावनामा चोट पुग्ने खालका भएकाले दुःख व्यक्त गर्ने र यस्ता शब्द प्रयोग नगर्न अनुरोध गर्ने निर्णय गरेका छौं,’ सचिव भारतीले भने, ‘पार्टी एकताका आधार पत्र र आचारसंहिता तयार गरी हस्तान्तरण गर्ने योजनामा छौं ।’

प्रकाशित मिति : २०७७ माघ १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस्