२०७८ मङ्सिर १६ गते बिहिवार

मन्दिर परिसरमा महिलाको हत्या,शंकास्पद दुई जना पक्राउ



१२ माघ,काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा ३५ वर्षीया महिलाको हत्या भएको छ । मन्दिर परिसरमा मागेर गुजारा चलाउँदै आएकी बबितादेवी चौधरीको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । हत्यामा संलग्नताको आशंकामा प्रहरीले मृतक चौधरीका श्रीमान ३८ वर्षीय रवि चौधरी र नुवाकोट घर भएकी अनु थापालाई पक्रेको छ ।

अनुको मोवाइल चोरेको आरोपमा तीन दिनअघि उनी सहितका केही केटाले बबितालाई कुटेका थिए । मृत्यु भएपछि उनको शव जलाउने प्रयास गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । ‘सामान्य जलेको अवस्थामा शव बरामद गरेका छौं’ महानगरीय प्रहरी वृत्त गौशालाका इन्सपेक्टर जनक ढुंगानाले भने– ‘शंकास्पद दुई जनालाई पक्राउ गरेर अनुसन्धान शुरु गरेका छौं ।’

बबिताको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ । उनी दुई वर्षदेखी मन्दिर परिसरमा मागेर गुजारा चलाउँदै आएकी थिइन् । हत्यामा संलग्नहरुले चाउचाउको काटुर्न प्रयोग गरेर शव जलाउने प्रयास गरेको तर, नजलेपछि गाड्नका लागी खाल्डो समेत खनेको बताइएको छ

प्रकाशित मिति : २०७७ माघ १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस्