२०७८ जेष्ठ २ गते आइतवार

मेयर कपको आठौं दिन वडा नम्बर १३ र २ विजयी, वडा नम्बर २ सेमिफाईनलमा



११ माघ,घोराही ।
घोराहीमा जारी चौथो मेयरकप रनिङ फुटबल खेलमा आज वडा नम्बर १३ र वडा नम्बर २ का खेलाडीहरु विजयी भएका छन् । नवलपुर मैदानमा भएको पहिलो खेलमा वडा नम्बर १४ लाई वडा नम्बर १३ ले शुन्यका बिरुद्ध एक गोलले पराजित गरेको हो ।वडा नम्बर १३ का खेलाडी विजेन्द्र घर्तीले एक गोल गर्नुुभएको थियो ।

त्यसैगरी, दोस्रो खेल अन्तर्गत भएको क्वाटर फाईनल खेलमा वडा नम्बर ७ लाई वडा नम्बर २ ले एकका बिरुद्ध २ गोलले पराजित गरेको छ ।वडा नम्बर ७ का एन्जल रोकाले एक गोल गर्नुभएको थियो । वडा नम्बर २ का बिशाल अधिकारी र बिशाल सुनारले एक एक गोल गरे संगै वडा नम्बर २ सेमिफाईनलमा पुगेको खेल व्यवस्थापक दिपक पुुनले जानकारी दिनुुभयो ।

भोली क्वाटरफाईनलका लागि एउटा खेल हुने छ । भोली मध्यान्नमा वडा नम्बर ४ र १३ का खेलाडी विच खेल हुनेछ । यसैविच घोराहीमा संचालन भैरहेको दोस्रो उपमेयर कप छात्रा भलिवल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा पद्मोदय पब्लिक नमूना माध्यमिक विद्यालयले बाल विकास मा.वि. घोराहीलार्ई २५−१७, २५−१०,२५−१९ अंकको सोझो सेटमा पराजित गरेको छ ।

पर्सी १३ गते प्रतियोगिताको फाइनल खेल पद्मोदय पब्लिक नमूना माध्यमिक विद्यालयल. भरतपुर र ज्ञानसिन्धु मा. वि.बिच फाइनल खेल हुनेछ भने फाइनल खेल हुनु अगाडि महीला जनप्रतिनिधि र महिला पत्रकार बिच मैत्री पूर्ण भलिबल खेल सञ्चालन गर्ने तयारी भएको शिक्षा युवा तथा खेलकुद महाशाखाले जनाएको छ ।।

प्रकाशित मिति : २०७७ माघ ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस्