२०७८ असोज ११ गते सोमवार

दाङका कोरोना संक्रमित वृद्धको नेपालगञ्जमा मृत्यु



११ माघ,दाङ । दाङका एक कोरोना संक्रमित वृद्धको नेपालगञ्जमा मृत्यु भएको छ। शान्तिनगर गाउपालिका ६ का ६५ वर्षीय वृद्धको उपचारको क्रममा शनिबार राती मृत्यु भएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकलपर्सन तेज वलीका अनुसार माघ २ गते नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भएका वृद्धलाई कोरोना पुष्टि भएपछि भेरी अस्पतालमा रिफर गरिएको थियो।

प्रकाशित मिति : २०७७ माघ ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस्