२०७८ साउन १२ गते मङ्गलवार

दाङमा नेपाल बन्दको प्रभाव



 

१० माघ,घोराही ।
विप्लव निकट नेकपाले आज घोषणा गरेको नेपाल बन्दको प्रभाव दाङमा पनि देखियो । बजार क्षेत्रमा अटो तथा मोटरसाईकलहरु चलेपनि अन्य लामोदुरीका यातायातका साधनहरु सञ्चालनमा आएन ।

विप्लव निकट नेकपाको केन्द्रिय सचिवालय सदस्य तथा विदेश विभाग प्रमुख धर्मेन्द्र वास्तोला लगायतका नेता कार्यकर्ताहरुको गैरन्यायिक गिरफ्तारी विरुद्ध विप्लव नेकपाले आज एक दिने नेपाल बन्दको घोषणा गरेको हो ।

पक्राउ परेका नेता तथा कार्यकर्ताको रिहाईको मागसहित आज एक दिन नेपाल बन्दको घोषणा गरिएको नगर सेक्रेटरी नविनले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालयले दाङले बन्दको समयमा आज सुरक्षा व्यवस्थालाई थप कडाई गरिएको छ ।

प्रकाशित मिति : २०७७ माघ १० गते शनिवार
प्रतिक्रिया दिनुहोस्