२०७८ भाद्र ३१ गते बिहिवार

लुम्बिनी प्रदेश स्तरिय दुई दिने कार्यशाला गोष्ठि सम्पन्न



९ माघ,लमही ।

खानेपानि उपभोक्ता तथा सरसफाई महासघको लुम्बीनी प्रदेश स्तरिय दुई दिने कार्यशाला गोष्ठि दाङको लमहीमा सम्पन्न भएको छ । सघिय खानेपानि तथा ढल ब्यबस्थापन आयोजना बुटवल र खानेपानी तथा सरसफाई उपभोक्ता महासघ लुम्बनी प्रदेश बुटकलेको आयोजनामा सचालित कार्यशाला समापन समारोहमा बोल्ने बक्ताहरुले खानेपानी उपभोक्ता सस्था र स्थानिय सरकारबिच समन्वयको आबश्यकता रहेकोमा जोड दिनुभएको थियो । तिन तहको सरकार बनेपनी तिनै तहको सरकार बिच खानेपानिउपभोक्ता सस्थालाई हेर्ने दृष्ििटकोण भने फरक भएको सहभागि बक्ताहरुको भनाई थियो ।

समापन कार्यक्रममा बोल्दै सहभागि केशब न्यौपानेले स्थानिय सरकार र खानेपानि उपभोक्ता सस्था समितिका पदाधिकारी बिचको समन्य हुन नसकेको बताउनुभयो। उहाँले स्थानिय सरकार र खानेपानि उपभोक्ता सस्थाबिचको समन्यको अभाबमा स्थानिय तहमा स साना खानेपानि योजनाको काम गर्दा समेत सहकार्य हुन नसकेकोले समन्वयको आबश्यकतामाथि जोड दिनुभयो ।

खानेपानि उपभोक्ता महासघ लुम्बीनी प्रदेशका अध्यक्ष थान प्रसाद गैरेको अध्यक्षता तथा खानेपानि उपभोक्ता तथा सरसफाई सस्थाका राष्ट्रिय अध्यक्ष राजेन्द्र अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो दुई दिने कार्यशालामा खानेपानिको गुणस्तर कसरी कायम राख्ने त्यसको ब्यबस्थापनको सवालमा उपभोक्ताले अपनाउनुपर्ने सजगता लगाएतका बिषयमा सघिय खानेपानि तथा ढल ब्यबस्थापन आयोजना बुटवलका प्रमुख शालिकराम पौडेलले प्रशिक्षण दिनुभएको थियो । समापन कार्यक्रममा डिभिजन खानेपानि कार्यालय प्युठानका सहायक डिभिजन प्रमुख आबेद हुसेन सहभागिको तर्फबाट केशब न्यौपाने लगाएतले बोल्नुभएको थियो । कार्यशालामा लुम्बनी प्रदेशका १२ जिल्लाका खानेपानी उपभोक्ता महासघका पदाधिकारीको सहभागिता रहेको थियो । कार्यक्रमको सचालन साबित्रा रेग्मिले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७७ माघ ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्