२०७८ असोज ११ गते सोमवार

दाङमा यात्रुबहाक बस दुर्घटना



८ माघ,घोराही । दाङमा यात्रुबहाक बस दुर्घटना हुँदा ७ यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराहीबाट तुलसीपुर जाँदै गरेको रा १ ख १४६५ नम्बरको यात्रुबहाक बस दुर्घटना हुँदा सात जना घाइते भएका हुन् ।
३० जना यात्रु सवार रा १ ख १४६५ नम्बरको बस सर्रा नजिक दुर्घटनामा परेको हो । बिहीबार साँझ ७ बजेतिर दुर्घटना हुँदा घाईते भएका सवैका राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । घाइतेहरुको अवस्था सामान्य रहेको छ ।

प्रकाशित मिति : २०७७ माघ ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्