२०७८ असोज ८ गते शुक्रवार

कोरोनाबाट बेलायतमा एकैदिन १ हजार बढीको मृत्यु



८ माघ, दाङ । बेलायतमा कोरोना भाइरसको संक्रमणबाट एकैदिनमा १ हजार ८२० जनाको मृत्यु भएको बेलायतका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् बेलायतमा हिजोमात्र सो भाइरसको संक्रमणबाट यति धेरै नागरिकको ज्यान गएको छ ।

बेलायतका स्वास्थ्यसम्बन्धी अधिकारीहरुले बेलायतमा कोरोना भाइरसको संक्रमण शुरु भएदेखि अहिलेसम्ममा यतिधेरै जनाको एकै दिनमा ज्यान गएको यो पहिलो पटक भएको पनि बुधबार प्रकाशन गरेको एक विज्ञप्तिमा जनाएका छन् ।

यसैगरी बेलायतका अधिकारीहरुले दिएको जानकारीअनुसार बुधबारसम्ममा यहाँका ९३ हजार २९० जनाको कोरोना भाइरसबाट नै निधन भएको बताइएको छ । उनीहरुले पछिल्लो समयमा बेलायतमा कोरोना भाइरसका संक्रमितहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको पनि बताएका छन्।

प्रकाशित मिति : २०७७ माघ ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्